आगलागीमा खरसाङको लोवर कटलेरी पाखामा घर जलेर नष्ट
लोवर कटलेरी पाखामा एक घर जलेर नष्ट


खरसाङ, 20 मार्च (हि.स.)। खरसाङ नगरपालिकाको वार्ड नम्बर 3 अन्तर्गत अब्राहम बस्तीको लोवर कटलेरी पाखामा स्थानीय दानियल प्रधानको घर आगलागीमा पूर्ण रूपमा नष्ट भएको छ। घटनाको जानकारी पाएपछि दमकल विभागका कर्मचारीहरूको टोली दमकलसहित पुगेको थियो। यद्यपि, दमकल घटनास्थलसम्म पुग्न नसकेपछि आगो निभाउन दमकललाई खरसाङको सन्त अल्फन्सेस उच्च माध्यमिक विद्यालयको खेल मैदानमा ल्याइएको थियो, जहाँबाट पानी पम्प गरिएको थियो।

आगो निभाउन गाउँलेहरूले पनि प्रमुख भूमिका खेलेका थिए। घटनास्थलबाट प्राप्त जानकारी अनुसार, दिउँसो 2.45 बजीतिर आगलागी भएको स्थानीयहरुले अनुमान गरेका छन्। उक्त आगलागी सर्ट सर्किटका कारण भएको हुन सक्ने स्थानीयहरुले बताएका छन्। आगलागीको समयमा घरमा परिवारका कुनै पनि सदस्य उपस्थित थिएनन्।

प्रभावित परिवारका एक सदस्यले घरबाट कुनै पनि सामान निकाल्न नसकेको बताए। आगलागीमा सबै सर समानहरु नष्ट भएको छ। घटनाको बारेमा थाहा पाएपछि क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधान, एसएई संजय थापा र अन्यहरू घटनास्थलमा पुगेका थिए।

यस आगलागी विषयमा सभासद श्याम शेर्पाले जीटीए प्रमुख अनित थापालाई घटनाको बारेमा जानकारी गराइएको बताए। उनले यस घटनामा पीडित परिवारलाई जीटीएबाट सहयोग प्रदान गरिने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande