
गान्तोक, 20 मार्च (हि.स.)। सिक्किम सरकारको वन तथा पर्यावरण विभागले कार्यालयको समयमा रील्स बनाउनु अथवा रेकर्डिङ्ग गरेर कुनै पनि सामाजिक सञ्जाल मञ्चहरूमा अपलोड गर्न प्रतिबन्ध लगाएको छ। विभागका प्रधान सचिव प्रदीप कुमारले आज जारी गरेको एक कार्यालय आदेशमा यस आसयको जानकारी दिइएको छ।
कार्यालय आदेशका अनुसार, कार्यालय अवधि कार्यालय परिसरमा आफ्नो व्यक्तिगत उद्देश्यका लागि रील्स अथवा रेकर्डिङ्ग गरेर कुनै पनि सामाजिक सञ्जाल मञ्चहरूमा अपलोड गर्न पाइने छैन। यद्यपि, वन-जङ्गल, पर्यावरण र वन्यप्राणी सम्बन्धित जानकारीहरू रील्सको माध्यमद्वारा साझा गर्न पाइने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल