केशियाड़ीमा भाजपाले प्रचार अभियानलाई तीव्रता दियो
केशियाड़ीमा भाजपाले प्रचार अभियानलाई तीव्रता दियो


केशियाड़ी, 20 मार्च (हि.स.)। विधानसभा चुनाउलाई लिएर पश्चिम मेदिनीपुरको केशियाड़ी एसटी विधानसभा क्षेत्रमा राजनीतिक गतिविधि सक्रिय भएको छ। भाजपा प्रत्याशी भद्र हेंब्रम आज सबेरैदेखि प्रचारमा जुटे। यस अवधि उनलाई कृषक परिवारहरूसित भेट गर्नको साथै उनीहरूको घरमा पुगेर चियामा चर्चा गर्दै गरेको देखियो। अर्कोतिर तृणमूल कंग्रेस पनि आफ्नो संगठनलाई अझ सुदृढ़़ बनाउन लागिपरेको छ। यहाँ दुवै दलबीच सोझो भिड़न्तको स्थिति उत्पन्न भइरहेको देखिँदैछ।

भाजपा उम्मेद्वारले गए बिहीवार दाँतनस्थित काँकड़ाजीत महाप्रभु मन्दिरमा पूजा-अर्चना गरी आफ्नो प्रचार अभियानको शुरूआत गरेका थिए। त्यसपछि उनले जयरामपुरको काली मन्दिर सहित केही धार्मिक स्थलहरू क्रमैले रानिसराय, जयरामपुर, पलाशडांगा, मोगलमारी, उत्तर शिमुलिया औ जाहेर थानको दर्शन गरी आशीर्वाद लिए। साथै विभिन्न क्षेत्रहरूमा जनसम्पर्क गरी मानिसहरूसित समर्थनको अपील गरे।

यता तृणमूल कंग्रेसले यहाँबाट रामजीवन मांडीलाई उम्मेद्वार बनाएको छ। गए बिहीवा राती केशियाड़ीको एक निजी लजमा पार्टी कार्यकर्ताहरूसित एक महत्वपूर्ण बैठक आयोजना गरियो जसमा जिल्ला परिषद सदस्य एवं राज्य महिला तृणमूलकी सचिव कल्पना शीत पनि उपस्थि थिइन्। बैठकपूर्व बस स्ट्याण्ड क्षेत्रबाट एक ऱ्याली निकालियो जसमा व्यापक रूपमा पार्टी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। बैठकमा संगठनलाई सशक्त बनाउने अनि चुनावी रणनीतिलाई लिएर विस्तार पूर्वक चर्चा गरियो। कार्यकर्ताहरूले एकजुट भएर प्रत्याशीको जीत सुनिश्चित गर्ने संकल्प पनि लिए।

भाजपा प्रत्याशी भद्र हेंब्रम पनि तृणमूल कंग्रेसका सक्रिय कार्यकर्ता थिए, तर नेतृत्वसित रूष्ट भएर केही दिनअघि तिनी भाजपामा सामेल भएका थिए। उनी अनुसार क्षेत्रको विकास र आम मानिसहरूको हितलाई ध्यानमा राखेर नै उनले यस्तो निर्णय लिएका थिए।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, केशियाड़ी सीटमा यसपालि स्पर्धा रोचक हुनेछ। एकातिर तृणमूलले संगठन सुदृढ़ीकरण र जनसमर्थनको दाबी गरिरहेको छ भने अर्कोतिर भाजपा उम्मेद्वारले परिवर्तन र विकासको मुद्दालाई लिएर जनताबीच पुग्ने चेष्टा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande