
जम्मू, 20 मार्च (हि.स.)। जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले शुक्रवार भने, पश्चिम बंगालमा हुन लागेको विधानसभा चुनाउमा चुनाउ आयोगले गरिरहेका धाँधली- का प्रयासहरूले परिणाम फेरिनेछैन। उनले विश्वास व्यक्त गरे, तृणमूल अवश्य पनि विजय हुनेछ।
अब्दुल्लाले आफ्नो निजी फेसबुक ह्याण्डलमा पोस्ट गरे, चुनाउ आयोगद्वारा गरिएको कुनै पनि प्रकारको धाँधलीले परिणामलाई परिवर्तन गर्न सक्नेछैन। मतगणनाको दिन ममता दिदी भारी बहुमतले विजय हुनेछन्। चुनाउ हुन लागेको राज्यमा चुनाउ आयोगद्वारा गरिएको व्यापक स्थानान्तरणमाथि टिप्पणी गर्दै अब्दुल्लाले भने, यस्तो केवल ती राज्यहरूमा हुन्छ जहाँ भाजपा सत्तामा हुँदैैन। यस किसिमको व्यापक स्थानान्तरण गैर-भाजपाशासित राज्यहरूमा मात्र विशेष गरी पश्चिम बंगालमा हुन्छ, तर यसमा कुनै आश्चर्यको कुरा छैन। यद्यपि पश्चिम बंगालले फेरि एकपटक त्यही साबित गर्नेछ जुन मैले सदैव मान्दै आएको छु। उनले अझ भने, राजनीतिक दलहरूको लागि चुनाउ अधिकारीको जीत हुँदैन, राजनीतिक दलका नेताहरूको जीत हुन्छ।
विधानसभा चुनाउको कार्यक्रम घोषणा भएपछि चुनाउ आयोगले वरिष्ठ अधिकारीहरूलाई स्थानान्तरण गर्ने आदेश दिएको छ जसमा मुख्य सचिव नन्दिनी चक्रवर्ती, गृह सचिव जगदीश प्रसाद मिणाको स्थानान्तरण अनि पुलिस महानिदेशक (डीजीपी) पीयूष पाण्डे र कोलकाता पुलिस आयुक्त सुप्रतिम सरकारलाी ्अपदस्थ गर्नु सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा