सञ्जय कुजूरले बुलुचिक बराइकसित गरे शिष्टाचार भेट
सञ्जय कुजूरले बुलुचिक बराइकसित गरे शिष्टाचार भेट


जलपाईगुड़ी, 20 मार्च (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउको मिति घोषणा हुनसाथ राजनीतिक सक्रियता बढ़ेको छ। शुक्रवार बिहान नागराकाटा सीटबाट तृणमूल उम्मेद्वार सञ्जय कुजूरले मालबजार सीटका उम्मेद्वार एवं मन्त्री बुलुचिक बराइकसित उनको रंगामाटी चिया बगानस्थित आवासमा शिष्टाचार भेट गरे।

यस भेटमा दुवै नेताहरूबीच बन्द कोठाभित्र चर्चा भयो, त्यसपछि समर्थकहरूसित एउटा सानो बैठक पनि आयोजना गरियो। राजीतिक गल्लीहरूमा चर्चा चलिरहेको छ, नागराकाटाका पूर्व विधायक तथा वर्तमान भाजपा उम्मेद्वार शुक्रा मुण्डा विरूद्ध रणनीतिलाई लिएर बातचित भयो होला, किनभने सञ्जय कुजूर र शुक्रा मुण्डाबीच पहिला घनिष्ठ सम्बन्ध थियो।

सञ्जय कुजूरले यसलाई मात्र शिष्टाचार भेट बताउँदै भने, डुवर्सका एक मात्र मन्त्री भएको नातामा उनले बुलुचिक बराइकबाट आशीर्वाद तथा चुनाउ प्रचारमा सहयोग गर्ने अनुरेध गरेका हुन्। अर्कोतिर बुलुचिक बराइकले पनि सञ्जय कुजूरलाई एकजना योग्य उम्मेद्वार बताउँदै उनको जीतप्रति भरोसा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande