केही वार्डहरूमा भाजपा उम्मेद्वारको जनसम्पर्क अभियान
केही वार्डहरूमा भाजपा उम्मेद्वारको जनसम्पर्क अभियान


आसनसोल, 20 मार्च (हि.स.)। आसनसोल दक्षिण विधानसभा क्षेत्रबाट भाजपा उम्मेद्वार अग्निमित्रा पालले शुक्रवार बर्नपुरको रामबाँध, श्यामबाँध समेत कतिपय क्षेत्रहरूमा व्यापक जनसम्पर्क अभियान संंचालन गरिन्। यस अवधि उनले घर-घरमा पुगेर मानिसहरूसित बातचित गर्दै उनीहरूको समस्या सुनिन्।

चुनाउ प्रचार अवधि अग्निमित्रा पालले राज्य सरकार र आसनसोल नगरनिगममाथि आरोप लगाइन्। उनले भनिन्, नगरनिगमको वार्ड संख्या- 95 को स्थिति सोचनीय भएको छ। कतिपय ठाउँमा निकासी व्यवस्था ठप्प भएको छ। उनले भनिन्, नगरनिगमले न त यी समस्याहरूको समाधान गरिरहेको छ न त कुनै अन्य एजेन्सीलाई काम गर्न दिरहेको छ जसबाट आम जनतालाई ठूलो असुविधा भइरहेको छ।

अभियान अवधि स्थानीय मानिसहरूले खुलेर आफ्नो समस्या राखे। मानिसहरूले बताए, सड़कहरूमा खाल्डो परेको छ। जल निकासी व्यवस्था नभएको कारणले घरहरूमा पानी भरिन्छ। आधारभूत सुविधाहरूको अभाव अब गम्भीर समस्या बनिसकेको छ। यी सिकायतहरूलाई सुनेपछि अग्निमित्राले भरोसा दिलाइन्, यही मुद्दाहरूलाई उनले चुनाउको मुख्य मुद्दा बनाउनेछन्।

अग्निमित्रा पालले जनतालाई आश्वस्त पार्द भनिन्, यदि मलाई तपाईहरूको समर्थन प्राप्त भए आसनसोल दक्षिणका आधारभूत समस्याहरूलाई प्राथमिकताको आधारमा हल गरिनेछ। उनले दाबी गरिन्, भाजपाको सरकार बनेपछि क्षेत्रमा सड़क, जल निकासी औ आधारभूत ढाँचाको द्रूत गतिमा विकास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande