ओडिसी नृत्यांगना मधुमिता राउतको निधन
मधुमिता


नयाँ दिल्ली, 21 मार्च (हि.स.)। प्रख्यात ओडिसी नृत्यांगना तथा गुरु मायाधर राउतकी छोरी मधुमिता राउतको शनिवार बिहान यहाँको एक निजी अस्पतालमा हृदयघातका कारण निधन भयो। उनको आयु 59 वर्ष थियो। मधुमिताको परिवारले उनको मृत्युबारे जानकारी गराएको छ। मधुमिताले सानै उमेरमा नृत्य सिक्न थालेकी थिइन् र दिल्ली स्थित जयन्तिका-मायाधर राउत ओडिसी नृत्य विद्यालयकी निदेशकको रूपमा नयाँ पुस्ताका नर्तकहरूलाई तालिम दिइन्।

मधुमिता राउतले नीदरल्याण्ड्सको मन्दिरमा प्रस्तुति दिने पहिलो ओडिसी कलाकार बनेर कीर्तिमान कायम गरिन्। उनले शास्त्रीय नृत्यलाई जीवित र सान्दर्भिक राख्न आफ्नो रचनात्मक दृष्टिकोण र समर्पणले विश्वभरिका नर्तकहरूलाई प्रेरित गरिन्। उनले अन्तरराष्ट्रिय स्तरमा ओडिसी नृत्यको प्रचारमा महत्त्वपूर्ण योगदान पुर्या इन् र भारत निर्माण (1997) र ओडिशा लिभिङ लेजेन्ड (2011) जस्ता पुरस्कारहरूले सम्मानित भइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande