
कोलकाता, 25 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउअघि प्रशासनिक स्तरमा भइरहेको फेरबदललाई लिएर राजनीतिक विवाद चर्किएको छ। भवानीपुर विधानसभा क्षेत्रमा नयाँ रिटर्निंग अधिकारीको रूपमा सुरजित रायलाई नियुक्त गरेकोमा तृणमूल कंग्रेसले चुनाउ आयोग समक्ष औपचारिक सिकायत दर्ता गराएको छ। पार्टीको आरोप छ, सुरजित राय विपक्षका नेता शुभेन्दु अधिकारीका निकटवर्ती हुन्।
चुनाउ आयोगले राज्य विधानसभा चुनाउको तारिक घोषणा गर्दै बताएको छ, आगामी 23 र 29 अप्रेल गरी दुई चरणमा मतदान हुनेछ। यो घोषणा भए लगत्तैपछि राज्य प्रशासनमा केही महत्वपूर्ण फेरबदल गरिँदैछ। चुनाउ कार्यक्रम घोषणा भएको राती नै राज्यका मुख्य सचिव र गृह सचिवलाई उनीहरूको पदबाट अपदस्थ गरिएको थियो। यस अतिरिक्त हालैमा आयोगले 73 जना रिटर्निंग अधिकारीहरूलाई पनि फेबदल गर्ने निर्देश दिएको थियो भने यिनीहरूको स्थानमा नयाँ अधिकारीहरूलाई नियुक्त गर्ने प्रक्रिया शुरू गरियो।
यसै क्रममा कोलकाताको भवानीपुर विधानसभा क्षेत्रका रिटर्निंग अधिकारीलाई पनि परिवर्तन गरियो। उल्लेखनीय छ, यस सीटबाट राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले पछिल्लो लामो समयदेखिकै चुनाउ लड़्दै आइरहेकी छन् भने यसपालि पनि उनी यहीँबाट उम्मेद्वार छन्। त्यसैले यस पदमा गरिएको परिवर्तनलाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ।
जानकारी अनुसार भवानीपुरमा सुरजित रायलाई नयाँ रिटर्निंग अधिकारी बनाइएपछि तृणमूल कंग्रेसले चुनाउ आयोगसित सिकायत गर्दै आरोप लगायो, सुरजित शुभेन्दु अधिकारीका निकटवर्ती हुन् र उनको प्रभावमा काम गर्न सक्नेछन्। पार्टीले यस नियुक्तिको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
उल्लेखनीय छ, शुभेन्दु अधिकारी यसपालि नन्दीग्राम विधानसभा सीटसँगै भवानीपुर सीटबाट पनि चुनाउ लड़िरहेका छन्। यस्तो स्थितिमा यस नियुक्तिलाई लिएर राजनीतिक आरोप-प्रत्यारोप झन तीव्र भएको छ।
हाल चुनाउ आयोगको पक्षबाट यस सिकायतमाथि कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा