तीन करोड़को हेरोइन जफत, मणिपुरका दुई व्यक्ति पक्राउ
तीन करोड़को हेरोइन जफत, मणिपुरका दुई व्यक्ति पक्राउ


कामरूप (असम), 25 मार्च (हि.स.)। असममा नशालु पदार्थहरूको तस्करीविरूद्ध व्यापक कारबाही गर्दै असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) र कामरूप पुलिसको एक संयुक्त अभियानमा अमिन गाउँमा हेरोइनको एउटा ठूलो खेपलाई जफत गरियो।

पुलिस सूत्रले बुधवार बतायो, विशिष्ट गुप्त जानकारीमाथि कारबाही गर्दै संयुक्त टीमले गए राति एक लक्षित अभियान अवधि एउटा मारुति अर्टिगा (एएस- 01बीक्यू-5651)-लाई रोक्यो। जाँच गर्दा वाहनको ढोकाको प्यानलभित्र चतुराईपूर्वक लुकाएर रााखिएको नशालु औषधि भेटियो।

अधिकारीहरूले हेरोइनले भरिएका 25 वटा साबुनदानी जफत गरे जसको वज़न लगभग 350 ग्राम (प्याकेजिंगलाई छोड़ेर) थियो। जफत गरिएको यस प्रतिबन्धित पदार्थको अनुमानित बजार मूल्य लगभग 3 करोड़ रुपियाँ रहेको छ।

यस मामिलामा पुलिसले मणिपुरको चुराचाँदपुर जिल्ला निवासी दुईजना मानिसहरूलाई पक्राउ गरेको छ जसको पहिचान लाममिनथांग हाओकिप (29) र गिंकग्लहोलल हाओकिप (31)- को रूपमा गरिएको छ।

यस अभियानको नेतृत्व एसटीएफका अतिरिक्त पुलिस अधीक्षक कल्याण कुमार पाठकले गरेका थिए जसले वाहनलाई रोक्ने अनि प्रतिबन्धित वस्तु जफत गर्ने प्रक्रियाको निगरानी गरे।

अधिकारीहरूले पुष्टि गरेका छन्, आरोपीहरूविरूद्ध आवश्यक कानूनी कारबाही शुरू गरिएको छ। नशालु पदार्थको उक्त खेपको मूल स्थान र त्यसलाई कहाँ पुऱ्याउनु थियो, यसको पत्तो लगाउनको लागि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande