
जलपाईगुड़ी, 25 मार्च (हि.स.)। तृणमूल सुप्रीमो ममता ब्यनर्जीले विधानसभा चुनाउकोप्रचारबुधवार उत्तर बंगालको जलपाईगुड़ी जिल्ला अन्तर्गत ो मयनागुड़ी टाउन क्लब मैदानबाट गरेकी छन्। यस अवधि उनले आफ्ना पार्टी उम्मेद्वार राममोहन रायको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गर्दै भाजपा र चुनाउ आयोगमाथि धारिलो प्रहार गरिन्। उनको भाषण नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी)- को डर, मूल्यवृद्धि, जनजातीय भावना तथा पहिचान पत्र विवाद जस्ता संवेदनशील मुद्दाहरूमाथि केन्द्रित रह्यो।
मुख्यमन्त्रीले आफ्नो भाषणको शुरूआत विकास कार्यहरूको समीक्षाबाट गरिन्। उनले बताइन्, एघार कड़ोर रुपियाँमा सड़क निर्माण भइरहेको छ, महाकाल मन्दिरको निर्माण भइरहेको छ एवं राज्य सरकारले हजारौं कड़ोर रुपियाँ खर्च गरेको छ। उनले भाजपालाई लक्षित गर्दै भनिन्, यो एउटा हिंसक पार्टी हो।
ममताले विशेष गहन पुनरीक्षण (एसआईआर)-को माध्यमबाट महिला तथा राजवंशी समुदायको नाम हटाइएको आरोप समेत लगाइन्। एनआरसीमाथि चेताउनी दिँदै भनले भनिन्, म बाँचुञ्जेलसम्म बंगालमा एनआरसी गरेर डिटेन्शन क्याम्प बन्न दिने छुइनँ। भाजपाले संविधान तथा लोकतन्त्रको परवाह नै गर्दैन।
बेमौसम वर्षाद्वारा पीड़ित आलु किसानहरूलाई राहत दिने आश्वासन दिँदै उनले भनिन्, सरकार उनीहरूको साथमा छ, फसल बीमा अन्तर्गत चाँड़ै क्षतिपूरण दिइनेछ। साथै पेट्रोल र आवश्यक वस्तुहरूको बढ़्दो मूल्यलाई लिएर पनि उनले केन्द्र सरकारलाई लक्षित गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा