
कोलकाता, 25 मार्च (हि.स.)। चुनाउ आयोगले आफ्नो वेबसाइटमा पश्चिम बंगालका मतदाताहरूको स्थिति केही समयको लागि विवादाधिन देखिएको तकनिकी गड़बड़ीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। एकजना अधिकारीले बुधवार उक्त आशयको जानकारी गराए।
यो समस्या गए मंगलवार राती देखिएको थियो जतिबेला मतदाताहरूले आफ्नो निर्वाचक फोटो पहिचान पत्र संख्याको माध्यमबाट चुनाउ आयोगको वेबसाइटमा आफ्नो जानकारी खोजिरहेका थिए। त्यसबेला केही मतदाताहरूको स्थिति विवादाधिन देखिएको थियो जबकि उनीहरूको नाम पहिलाबाटै अन्तिम मतदाता सूचीमा सामेल भइसकेको थियो।
अधिकारीले बताए, यो समस्या गए मंगलवार राती देखिएको थियो। सम्भवतः यो सर्भर वा ब्याकएण्ड प्रणालीको तकनिकी त्रुटितो कारणले भएको हुनसक्छ। अब यसलाई ठीक गरिएको छ भने यसको कारण पत्तो लगाउन जाँच गरिँदैछ।
यो गड़बड़ी चुनाव आयोगद्वारा गत सोमवार अबेर राती पहिलो अनुपूरक मतदाता सूची जारी गरेको 24 घण्टाभित्रमा भएको थियो। अधिकारीले भने, एक समयमा यस प्रणालीमा भुलवश राज्यका सबै मतदाताहरूलाई विवादाधिन देखाइएको थियो, तर वास्तविकता यस्तो थिएन। यो मात्र प्रदर्शनसित सम्बन्धित त्रुटि थियो। प
यस घटनालाई लिएर सत्तारूढ़ तृणमूल कंग्रेसले कड़ा प्रतिक्रिया व्यक्त गर्दै आरोप लगायो, यस त्रुटिबाट सबै मतदाता वर्गमा शंका उत्पन्न भएको छ। पार्टीले सामाजिक माध्यमहरूबाट दाबी गऱ्यो, जुन मतदाताहरूको मामिला पहिला नै सुल्झिसकेको थियो वा जसको नाम अन्तिम सूचीमा आइसकेको थियो उनीहरूलाई समेत विवादाधिन देखाइरहेको थियो।
अधिकारीले भने, मतदाताहरूलाई भएको असुविधाको लागि हामी खेद प्रकट गर्दछौं। तकनिकी टीमले द्रूत गतिमा काम गर्दै लगभग दुई घण्टाभित्रमा समस्या समाधान गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा