
गान्तोक, 25 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम एजुकेशनल सोसाइटीका सदस्यहरूसँग भेट गरेर प्रतिभा प्रवर्द्धन गर्न उनीहरूले गरिरहेका प्रयासको प्रशंसा गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्ट मार्फत दिएका छन्।
मुख्यमन्त्रीले आज सिक्किम एजुकेशनल सोसाइटीका सदस्यहरूसँग भेटघाट गरेको बताएका छन्, जसले हाल पाकिममा ‘स्ट्रीट टु स्टेज सिक्किम डान्स प्रतियोगिता’ आयोजना गरिरहेका छन्। यस डान्स प्रतियोगिताको ग्रान्ड फिनाले ३ अप्रेलमा तय गरिएको छ।
उनले यस पहलमार्फत प्रतिभा प्रवर्द्धन गर्न सोसाइटीका सदस्यहरूले गरिरहेका प्रयासको प्रशंसा गरे। उनले यस उत्कृष्ट अभियानको सफल समापनका लागि शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल