डीयू कुलपतिले स्टुडेण्ट्स एक्टिभिटी सेन्टरको उद्घाटन गरे
डीयू कुलपतिले स्टुडेण्ट्स एक्टिभिटी सेन्टरको उद्घाटन गरे


नयाँ दिल्ली, 25 मार्च (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू) का कुलपति प्रो. योगेश सिंहले बुधवार रामजस कलेज सामु सामाजिक विज्ञान विभाग परिसरमा नवनिर्मित प्रेरणा भवनको उद्घाटन डूसू पदाधिकारीहरूको उपस्थितिमा गरे। यो भवन स्टुडेण्ट्स एक्टिभिटी सेन्टर हुनेछ जसमा दिल्ली विश्वविद्यालय छात्र संघ (डूसू) कार्यालय पनि बनाइएको छ।

औपचारिक उद्घाटनपछि कुलपति प्रो. योगेश सिंहले सम्पूर्ण भवनको अवकोलन गर्दै भने, यो प्रेणा भवन विद्यार्थीहरूको लागि प्रेरक हुनेछ। उनले बताए, यो भवन विभिन्न विद्यार्थी केन्द्रित गतिविधिहरूको केन्द्र रहनेछ।

यस अवधि कुलपतिले डूसू पदाधिकारीहरूसित चर्चा गर्दै स्टुडेण्ट्स एक्टिभिटी सेन्टरको संचालन सम्बन्धि आफ्नो सुझाउ पनि राखे।

कुलपतिले बताए, आधुनिक सुविधाहरूद्वारा सुसज्जित यस प्रेरणा भवनको भूतलमा 50 भन्दा अधिक मानिसहरूलाई अटाउनसक्ने क्याफेटेरिया बनाइएको छ, त्योसँगै एउटा यूटिलिटी शप बनाइएको छ।

यस अवसरमा कुलपति प्रो. योगेश सिंह लगायत दिल्ली विश्वविद्यालयको दक्षिणी परिसरकी निदेशक प्रो. रजनी अब्बी,

डीयूका वित्त अधिकारी गिरीश रञ्जन, चीफ इञ्जीनियर अशोक सैनी, डीन स्टुडेण्ट्स वेल्फेयर प्रो. रञ्जन कुमार त्रिपाठी, डूसूका स्टाफ एडभाइजर प्रो. सुरेन्द्र कुमार औ डूसू अध्यक्ष आर्यन मान तथा उपाध्यक्ष राहुल झाँसला यादव सहित सबै डूसू पदाधिकारी

एवं अनेकौं शिक्षक अनि विद्यार्थीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande