साम्बाको अन्तरराष्ट्रिय सीमामा समातियो पाकिस्तानी अनुप्रवेशकारी
साम्बाको अन्तरराष्ट्रिय सीमामा समातियो पाकिस्तानी अनुप्रवेशकारी


जम्मू, 25 मार्च (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) ले बुधवार जम्मू-कश्मीरको साम्बा जिल्लास्थित अन्तरराष्ट्रिय सीमामा एकजना पाकिस्तानी अनुप्रवेशकारीलाई हिरासतमा लिएको छ।

सम्बन्धित अधिकारीले बताए, सतर्क बीएसएफ जवानहरूले रामगढ़ सेक्टरमा भल्लर सीमा चौकीको छेउमा एकजना बुजुर्ग पाकिस्तानी नागरिकको गतिविधिलाई देखेपछि जतिबेला उसले सीमाबाट छिर्ने प्रयास गरिरहेको थियो, उसलाई चुनौती दिए। चुनौती दिँदा उसले आत्मसमर्पण गऱ्यो। प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार उसले अन्जानमै सीमा पार गरेको थियो। अधिकारीले बताए, आवश्यक औपचारिकता पूरा गरिएपछि उसलाई चाँड़ै उसको देशमा फर्काइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande