अभिषेकको सभामा सामेल हुनका लागि 8 किलोमीटर दौड़िए तृणमूल प्रत्याशी रामजीवन मांडी
अभिषेकको सभामा सामेल हुनका लागि 8 किलोमीटर दौड़िए तृणमूल प्रत्याशी रामजीवन मांडी


मेदिनीपुर, 25 मार्च (हि.स.)। पश्चिम बंगालको पश्चिम मेदिनीपुर जिल्लास्थित दाँतन क्षेत्रमा तृणमूल कंग्रेसका केशियाड़ी विधानसभा क्षेत्रबाट प्रत्याशी रामजीवन मांडीले बुधवार अभिनव चुनाउ प्रचारको माध्यमबाट मानिसहरूको ध्यान आकर्षित गरे। तृणमूलका अखिल भारतीय महासचिव अभिषेक ब्यनर्जीको सभामा सामेल हुनका लागि मांडीले दौड़ेर लगभग 8 किलोमीटरको दूरत्व तय गरे।

जानकारी अनुसार मांडीले दाँतनको मनोहरपुरदेखि दौड़ शुरू गरेर सभास्थल दाँतन घोलाई मोड़सम्म लगातार दौड़ेर नै पुगे। यस अवधि उनले मानिसहरूसित भेटघाट गरी जनसम्पर्क पनि गरे। उनको यस अनौठो प्रचार अभियानलाई लिएर बिहानदेखि कै क्षेत्रमा चर्चा भइरहेको छ।

स्थानीय मानिसहरूले प्रत्याशीको यस प्रयासलाई सकारात्मक पहल बताउँदै भने, यस किसिमको सोझो सम्पर्कले चुनावी माहोलमा नयाँ ऊर्जा थप्छ। अर्कोतिर रामजीवनले भने, “म जनतासित प्रत्यक्ष जोड़िन तथा उनीहरूको समस्या बुझ्नको लागि दौड़िँदै सभास्थलसम्म पुगेँ, यही नै मेरो वास्तविक प्रचार हो।”

उल्लेखनीय छ, चुनावी सक्रियताबीच तृणमूल प्रत्याशीको यो दौ प्रचार क्षेत्रमा विशेष चर्चाको विषय बन्न पुगेको छ जसले आम मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande