
मेदिनीपुर, 25 मार्च (हि. स.)। केशियाड़ी थाना क्षेत्रमा बुधवार दिउँसै एकजना स्कूले छात्रासित लुटपाट भएको घटनाले सन्त्राष व्याप्त भएको छ। घटना केशियाड़ीको ग्यारेज पाड़ा क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार, एघारौं कक्षाकी छात्रा अनुष्का गिरी बिहान लगभग 10:30 बजे ट्यूशन पढ़्नको लागि केशियाड़ी बस स्ट्याण्ड तर्फ गइरेहकी थिइन्। यसै अवधि बेलदा तिरबाट आएका मोटरसाइकल सवार दुई अज्ञात युवकहरूले अचानक छात्राको साइकलको टोकरीमा राखिएको ब्याग थुतेर भागे।
अचानक भएको यस घटनाको कारणले छात्रा डराएर रून थालिन्। स्थानीय मानिसहरूले तत्काल उसलाई सहयोग गरे अनि घटनाको सूचना पुलिसलाई दिए। पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिसले वरिपरीका सीसीटीभी फुटेजको जाँच गरेर आरोपीहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा