
कोलकाता, 25 मार्च (हि.स.)। तृणमूल कंग्रेसले भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता दिलीप घोषविरूद्ध पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी समक्ष सिकायत दर्ता गराएको छ। सिकायतमा आरोप लगाइएको छ, खड़गपुरमा हालैमा आयोजित एक चुनावी सभा अवधि घोषले चुनाउ ड्यूटीमा तैनाथ पुलिसकर्मीहरूलाई कुटपिट गर्ने धम्की दिए।
पार्टीद्वारा गरिएको सिकायतमा भनिएको छ, एक भाइरल भीडियोमा दिलीप घोषलाई खड़गपुर थानाका प्रभारी निरीक्षकको सम्बन्धमा हिंसक तथा डर देखाउने टिप्पणी गर्दै गरेको देखिएको छ।
यस मामिलामा दिलीप घोषको पक्षबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन।
तृणमूल कंग्रेसले यो पनि आरोप लगाएको छ, यो बयान भारतीय न्याय संहिताका विभिन्न धारा तथा आदर्श आचार संहिताको उल्लंघन हो। पार्टीले मुख्य निर्वाचन अधिकारीसित माग गरेको छ, यस माामिलामा कानूनी कारबाही शुरू गरियोस् अनि दिलीप घोषलाई राज्यमा तैनाथ पुलिस अधिकारीहरूलाई धम्काउन वा उनीहरूविरूद्ध हिंसक बयान दिनदेखि रोकियोस्।
पार्टीले यो पनि बतायो, गत 16 मार्चको दिन पनि कालीघाट तथा चेतला क्षेत्रमा तृणमूल नेता, कार्यकर्ता अनि आम मानिसहरूलाई कथित रूपमा धम्काएको आरोपमा दिलीप घोषविरूद्ध एउटा सिकायत दर्ता गरिएको थियो।
उल्लेखनीय छ, 294 सदस्यीय पश्चिम बंगाल विधानसभाको लागि चुनाउ आगामी 23 अप्रेल र 29 अप्रेल गरी दुई चरणमा हुनेछ भने मतगणना 4 मईमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा