गुरूग्राममा महिलासित नक्कली विवाह गरेर भाग्यो प्रेमी
गुरूग्राममा महिलासित नक्कली विवाह गरेर भाग्यो प्रेमी


-पीड़िताले भीडियो सन्देशलाई भाइरल गरेर आरोपीविरूद्ध कारबाही गर्ने माग गरिन्

गुरुग्राम, 04 मार्च (हि.स.)। यहाँ एकजना युवकद्वारा एकजना महिलासित प्रेम विवाह गरियो। अब प्रेमी महिलालाई छोड़ेर भागेको छ। महिलाले एउटा भीडियो जारी गरी आरोपीविरूद्ध कारबाही गर्ने माग गरेकी छे।

यहाँको खांडसा गाउँमा भाड़ाको घरमा बस्दै आइरहेकी महिलाले भीडियो जारी गरी भनेकी छे, उसको प्रेमीले उसित नक्कली विवाह गऱ्यो। उमाथि कुटपिट गरेर घरका मूल्यवान वस्तुहरू लिएर भाग्यो। महिलाले भनेकी छे, युवकले उसको नुहाउँदै गरेको भीडियो बनाएर उसलई प्रेमजालमा फसाएको थियो। पीड़िताको कथित पतिले चार वर्षअघि नुहाउँदै गर्दा न्यूड भीडियो बनाएर आफ्नो प्रेमजालमा फसाएको थियो। त्यसपछि उसले उसित शारीरिक सम्बन्ध राखिरह्यो।

आरोपी प्रदीप कुमार यादवविरूद्ध महिलाले औरया जिल्लाको थाना दिविापुरमा बलात्कारका धाराहरू अन्तर्गत मुद्दा दर्ता गराई। पुलिसले आरोपी प्रदीपलाई पक्राउ गरी जेल चलान गरेको थियो। तीन महिनापछि जमानतमा रिहा भएपछि उसले महिला र उसका नानीहरूको ज्यान लिने धम्की दिएर मुद्दा फिर्ता लिने दबाव दियो। अनि पश्चताप भएको नाटक गर्दै महिलासित ओरैया अदालतमा विवाह गरेको झुटो कागज बनायो। महिलालाई विश्वास दिलायो, उसको विवह भइसकेको छ। पछि थाहा भयो, सबै जलझे गरिएको रहेछ। महिलाको आरोप छ, प्रदीप कुमार यादवले उसित कोर्ट म्यारिज गेर गुरूग्राममै बस्न थाल्यो। महिलाको आरोप छ, हिजोआज उसले महिलामथि कुटपिट गर्न थालेको थियो। पीड़िताले सेक्टर-37 पुलिस थानामा सिकायत दर्ता गरेकी छे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande