कोकराझार जिल्लाको चौतारा काचुकाटामा भव्य होली मञ्चको उद्घाटन
कोकराझार जिल्लाको चौतारा काचुकाटामा भव्य होली मञ्चको उद्घाटन


कोकराझार (असम), 04 मार्च (हि.स.)। कोकराझार जिल्लाको चौतारा काचुकाटामा बितेको राती होली उत्सवको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रमको लागि भव्य होली मञ्चको विधिवत उद्घाटन गरियो। कार्यक्रमको उद्घाटन बोडोल्याम्ड पीपुल्स फ्रण्ट (बीपीएफ)- को पीएनबी बडी सदस्य एवं भावखुंगुरी विधानसभा क्षेत्रबाट सम्भावित प्रत्याशी सुभाष अधिकारीले रिबन काटेर दीप प्रज्जवलित गरी गरे।

उद्घाटन समारोहमा सुभाष अधिकारीले उपस्थित जनसमूहलाई होलीको शुभकामना दिँदै भने, होली प्रेम, भाइचारा औ सामाजिक एकताको पर्व हो जसले समाजलाई आपसी सद्भावको सूत्रमा बाँधेर राख्छ। उनले क्षेत्रका युवा तथा आयोजन समितिको सराहना गर्दै यस किसिमको सांस्कृतिक आयोजनले समाजमा समरसता तथा सौहार्दलाई सुदृढ़ बनाउने दाबी गरे।

कार्यक्रममा ठूलो संख्यामा स्थानीय मानिसहरू, युवा एवं महिलाहरू उपस्थित थिए। रंगारंग सांस्कृतिक प्रस्तुति, पारम्परिक होली गीत तथा नृत्य कार्यक्रमहरूले अबेर रातीसम्म दर्शकहरूलाई मन्त्रमुग्ध बनाए। सम्पूर्ण क्षेत्रमा उत्सवलाई लिएर विशेष उत्साह अनि उल्लासपूर्ण वातावरण सृजना भएको थियो।

आयोजक समितिले जानकारी गराए अनुसार आगामी दिनहरूमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजन गरिनेछ जसबाट होली पर्वलाई शान्तिपूर्ण एवं आनन्दमय वातावरणमा मनाउन सकियोस्।

यस अवसरमा स्थानीय कतिपय कार्यकर्ताहरूले बीपीएफ नेतृत्वसित अनुरोध गगरे, आगामी विधानसभा चुनाउमा भावखुंगुरी विधानसभा क्षेत्रबाट सुभाष अधिकारीलाई पार्टीको उम्मेद्वार बनाइयोस्। उनीहरूको भनाइ थियो, यदि पार्टीले उनलाई प्रत्याशी बनायो भने क्षेत्रमा बीपीएफको जीत सुनिश्चित हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande