
इम्फाल, 04 मार्च (हि.स.)। इम्फाल अन्तर्राष्ट्रिय हवाईअड्डामा सामानहरूको स्क्रीनिंग गर्ने क्रममा लगभग दुई किलोग्राम अफिम जफत गरियो। सुरक्षा एजेन्सीले उक्त संदिग्ध मादक पदार्थलाई जफत गरेको छ।
अधिकारीहरूले बुधवार जानकारी दिए, नियमित जाँच प्रक्रिया अन्तर्गत उक्त संदिग्ध वस्तुलाई जफत गरिएको हो जसको श्रोत पत्तो लगाउन तथा यसको ट्रान्जिटमा सामेल मानिसहरूलाई चिन्हित गर्नको लागि विस्तृत जाँच शुरू गरिएको छ।
यसरी नै अर्को एउटा अभियानमा सुरक्षा बलहरूले एकजना कथित असुलीकर्तालाई पक्राउ गरे जसको पहिचान अचोम लुवांगबा मैतेई (44)- को रूपमा भएको छ जो प्रतिबन्धित संगठन प्रीपाक (प्रो) -का सक्रिय सदस्य रहेको बताइएको छ। उसलाई इम्फाल पश्चिम जिल्लाको लांगोल क्षेत्रस्थित वांगदेई मैतेई लैकाईबाट पक्राउ गरिेको हो। आरोपीबाट चार वटा मोबाइल फोन र एउटा आधार कर्ड पनि जफत गरिएको छ। सुरक्षा एजेन्सीले उसको नेटवर्क तथा असुली गतिविधिहरूमा संलिप्तताको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा