
रॉंची, 04 मार्च (हि.स.)। भारतीय क्रिकेट टीमका पूर्व क्याप्टन महेन्द्रसिंह धोनी एक पटक फेरि चर्चामा छन्। यस पटक खेल प्रदर्शन नभई ट्राफिक नियमहरूको उल्लंघनका कारण उनको चर्चा भइरहेको छ। रॉंचीको ट्राफिक पुलिसले स्पीड ड्राइभिङलाई लिएर उनको चलान काटेको छ। उनलाई एक हजार रूपियॉंको चलान जारी गरिएको छ।
पुलिस सूत्रहरूका अनुसार, यो मामिला राजधानी रॉंचीको कांकेको हो। धोनी आफ्नो लग्जरी कारमा कांके क्षेत्रबाट गइरहेको समय उनको कार ट्राफिक पुलिसको क्यामेरामा अत्यधिक गतिमा गुडिरहेको रेकर्ड भयो। निर्धारित गति सीमाभन्दा धेरै गतिमा वाहन चलाएकाले नियमहरू अन्तर्गत चलान जारी गरिएको छ। जानकारी अनुसार, उनलाई एक हजार रूपियाँ जरिवाना गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी