
नयाँ दिल्ली, ०४ मार्च (हि.स.)। पश्चिम एशियामा देखिएको संकटका बीच खाडी देशहरूमा फसेका भारतीय नागरिकहरूको सुरक्षित स्वदेश फिर्ताका लागि निजी विमान सेवा कम्पनी स्पाइसजेटले आफ्नो प्रयास तीव्र बनाएको छ।एयरलाइन्सले बुधबार जारी गरेको विज्ञप्तिमा आज संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८ विशेष उडान सञ्चालन गर्ने जानकारी दिएको छ। स्पाइसजेटले यी ८ विशेष उडानमार्फत यूएईको फुजैराबाट भारतका विभिन्न प्रमुख सहरहरूमा सेवा प्रदान गर्नेछ, जसअन्तर्गत दिल्लीका लागि ४ विशेष उडान र मुम्बईका लागि ४ विशेष उडान सञ्चालन गरिनेछ। यसका अतिरिक्त स्पाइसजेटले कोच्चीका लागि १ उडान सञ्चालन गर्नेछ। यसअघि एयरलाइन्सले ३ मार्चमा ४ विशेष उडान सञ्चालन गरेको थियो। स्पाइसजेटले ४ मार्चदेखि आफ्नो नियमित फुजैरा-दिल्ली र फुजैरा-मुम्बई उडान पुनः सञ्चालनमा ल्याइने जनाएको छ।
यसबीच एयर इन्डियाले यूएई, साउदी अरेबिया, इजरायल र कतार आवतजावत गर्ने आफ्ना अधिकांश उडानहरू ४ मार्च राति २३:५९ बजेसम्मका लागि स्थगित गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी