
कोलकाता, 04 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले होलीको अवसरमा मानिसहरूलई हिन्दी तथा अंग्रेजी दुवै भाषामा शुभकामना दिइन्। उनले आफ्नो सन्देशमा भनिन्, रंगहरूको यो पावन पर्वले हरेक घरलाई खुसी र उमंगले भरिदेओस् तथा समाजमा प्रेम अनि सौहार्दलाई सशक्त बनाओस्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा सबै वर्गका मानिसहरूसित आपसी भाइचारालाई कायम राख्ने अपील गरिन्। उनले भनिन्, होली रंगहरूकोक पर्व मात्र होइन, एकता र सद्भावको प्रतीक पनि हो जसले समाजलाई जोड़्ने काम गर्छ।
ममता ब्यानर्जीले कमना गरिन्, यो पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् साथै राज्यमा आपसी सौहार्द एवं भाइचाराको वातावरण अझ मजबुत होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा