
श्रीनगर, 04 मार्च (हि.स.)। यूए - ईरान वारमा ईरानका धार्मिक नेता अयातुल्ला अली खामेनेईको निधनपछि जम्मू-कश्मीरका केही भागहरूमा विरोध प्रदर्शन भइरहेको छ जसपश्चात सुरक्षालाई मध्यनजर गर्दै कशमीरमा सतर्कतास्वरूप प्रतिबन्ध लगाइएको छ साथैा इन्टरनेटको स्पीडलाई कम गरिएको छ। आदेश अनुसार यो प्रतिबन्ध आज पनि जारी रहनेछ भने मोबाइल इन्टरनेट सर्भिसलाई 2 जीदेखि हाई स्पीडमा परिणत गर्नेमाथि रिभ्युपछि नै फसेला लिइनेछ। एकजना अधिकारीले जानकरी गराए, स्थितिको निरीक्षण गरिँदैछ तथापि कानून व्यवस्थालाई कायम राख्नको लागि आज पनि प्रतिबन्ध जारी रहनेछ।
उनले भने, कुनै पनि अप्रिय घटनलाई रोक्नको लागि श्रीनगरको डाउनटाउन तथा लाल चौक जस्ता संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। उनले भने, श्रीनगरमा कानून-व्यवस्थाको स्थिति कन्ट्रोलमा छ। यसबीच जम्मू र कश्मीरको होम डिपार्टमेन्टले एक निर्देशमा भनेको छ, सम्पूर्ण उपत्याकामा प्रीपेड मोबाइल इन्टरनेट सर्भिसलाई 4 मार्चको राती 8 बजेसम्मको लागि 2 जी स्पीडमा सीमित गरिएको छ जुन 128 केबीपीएसभन्दा अधिक हुनेछैन।
एक अफिशियल अर्डरमा भनिएको छ, अधिकारीहरूद्वारा वर्तमान स्थितिको जायजा लिइएपछि यो निर्देश टेम्पररी सस्पेन्शन अफ टेलीकम्युनिकेशन सर्भिसेज रूल्स- 2024, औ टेलीकम्युनिकेशन एक्ट- 2023 को सेक्शन 20 अन्तर्गत जारी गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा