
हुगली, 04 मार्च (हि. स.)। बैद्यबाटीबाट बेपत्ता भएकी एकजना नाबालिक किशोरलाई तारकेश्वर जीआरपी थानाको सतर्कताले सुरक्षित उद्धार गरी परिवारलाई सुम्पिदियो।
गए मंगलवार साँझ प्राप्त जानकारी अनुसार गत सोमवार तीन मार्चको बिहान तारकेश्वर जीआरपी थानाको एक टीमले महिला सब-इन्स्पेक्टर रमा ओरांगको नेतृत्वमा नालिकुल रेलवे स्टेशनबाट एकजना नाबालिक किशोरलाई उद्धार गरी थाना परिसरमै अवस्थित “चाइल्ड फ्रेण्डली कर्नर”- मा ल्यायो।
जाँचबुझमा उक्त किशोरले आफ्नो पहिचान बैद्यगाटी निवासी रहेको बतायो। जाँचमा थाहा लाग्यो, उ हुगली जिल्लाको चण्डीतलास्थित सबोरा मदरसाको नियमित छात्र हो। गत सोमवार बिहान उ कसैलाई नबताई मदरसाबाट निक्लेको थियो।
सबै कानूनी प्रक्रिया औ उचित सत्यापन पश्चात मंगलवार बिहान नाबालिकलाई उसको परिवारका सदस्यहरूलाई सुम्पिइयो। आफ्नो छोरालाईसुरक्षित पाएर परिवारले पुलिस प्रशासनप्रति आभार व्यक्त गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा