सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने
सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने


सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने


गान्तोक, 06 मार्च (हि.स.)। सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच जेनेराली सेन्ट्रल इन्स्योरेन्स वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधिका लागि फाइनलमा भिडन्त हुने भएको छ। प्रतियोगिताको छैटौं दिन आज खेलिएका दुईवटा सेमिफाइनल खेलहरूमा आफ्ना प्रतिद्वन्दीहरूलाई पराजित गर्दै सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससी फाइनलमा पुग्न सफल बने।

पहिलो सेमिफाइनल खेल आज सिङलिङ स्पोर्टि्ङ क्लब र एमएमएफए सिलगढीबीच खेलियो, जसमा सिङलिङ स्पोर्टि्ङ क्लबले प्रतिद्वन्दी दललाई 3-0 गोलले पराजित गऱ्यो। विजयी दलको तर्फबाट सिमरन गुरुङले दुई गोल र किरण पिस्दाले एक गोल गरे। विजयी दलकी लक्ष्मी तामाङलाई प्लेयर अफ द म्याच चयन गरियो।

दोस्रो सेमिफाइनल खेल गान्तोक हिमालयन एससी र छुजाचेन एसएबीच सम्पन्न भयो, जसमा गान्तोक हिमालयन एससीले प्रतिद्वन्दी दललाई 1-0 गोलले पराजित गऱ्यो। विजयी दलको तर्फबाट एकमात्र गोल सिगनोरिया थापाले गरेकी थिइन्। गान्तोक हिमालयन एससीकी श्रीदेवी सुब्बालाई प्लेयर अफ द म्याच चयन गरियो।

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच आगामी 8 मार्चका दिन पाल्जोर स्टेडियममा फाइनल खेल सम्पन्न हुनेछ। पहिलो खेलमा आज स्वास्थ्य विभागका अध्यक्ष फुर्बा रिन्जिङ शेर्पा तथा दोस्रो खेलमा राजकुमार पाल्देन ग्यूर्मेद नामग्याल र राजकुमारी होप लीजुम मुख्य अतिथि थिए। उल्लेख्य, उक्त प्रतियोगिता सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा आयोजना भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande