जोगमाया र सिलिम हिलमा भागोप्रमोको बुथ स्तरीय चुनाउ कमिटी गठन
bgpm meeting


खरसाङ, 09 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिद्वारा प्रत्येक बुथमा चुनाउ कमिटी गठन गर्ने कार्य जारी रहेको छ। यस क्रममा आज तेस्रो दिन जोगमाया चियाबारी र सिलिम हिलमा बुथ स्तरीय चुनाउ कमिटी गठन गरिएको छ।

पहिलो सभा जोगमायामा सम्पन्न भयो, जसको अध्यक्षता जीवन थापाले गरेका थिए। सभालाई समष्टि सभापति राजीव थापा, युवा शक्तिका समष्टि सभापति केवल राई, ट्रेड युनियन समष्टिका संयोजक राजेश थापा, सुरज थापा र घैयाबारी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सचिव धिरेन प्रधान सम्बोधन गरेका थिए।

सभामा बुथ नम्बर 253 जोगमायामा बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो। कमिटीमा मुख्य संयोजक कविता नेवार, सह संयोजकहरु रञ्जित मंगर, सुनिल मंगर, कल्पना नेवार, कोषाध्यक्ष जीवन थापा र सुरज थापा लगायत सल्लाहकारहरु चयन गरिएका छन्।

यसरी नै अर्को सभा बुथ नम्बर 254 सिलिम हिलमा प्रताप परियारको अध्यक्षतामा सभा सम्पन्न भयो। सभालाई राजेश थापा, केवल राई, सम्पल राई आदिले वक्तव्य सम्बोधन गरेको थिए। सभामा सिलिम हिल बुथ नम्बर 254 मा बुथ स्तरीय चुनाउ कमिटी गठन गरियो।

उक्त कमिटीमा मुख्य संयोजक बसन्त तामाङ, सह संयोजकहरु निर्मल तामाङ, अमर तामाङ, गौतम तामाङ, कोषाध्यक्ष मालती छेत्री लगायत 35 जनाको चुनाव कमिटी गठन गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande