प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ


गान्तोक, 09 मार्च (हि.स.)। नाम्ची पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। आरोपी व्यक्तिलाई दम्बुडॉंड़ास्थित सब्जी बजार छेउबाट पक्राउ गरियो।

पुलिस रिपोर्टका अनुसार, गए शनिवार दम्बुडॉंड़ामा एक अज्ञात व्यक्ति संदिग्ध अवस्थामा घुमिरहेको सूचना प्राप्त भयो। सूचनाको आधारमा कारबाही गर्दै पुलिस दलले एक 25 वर्षीय व्यक्तिलाई पक्राउ गऱ्यो। मूल रूपमा किशनगंज, बिहार निवासी उक्त व्यक्तिबाट छानबिनको क्रममा 14 वटा सा-साना कालो रंगको प्लास्टिक पाउचमा 18.43 ग्राम संदिग्ध प्रतिबन्धित नशालु पदार्थ भेटियो।

आरोपी व्यक्तिलाई पक्राउ गरी एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिसले घटनाको सम्बन्धमा आरोपी व्यक्तिसॅंग सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande