सद्भावना सोसियल वेलफेयर सोसाईटी खरसाङले आफ्नो ४१औं स्थापना दिवस मनायो
Sadbhavna social society


खरसाङ, 09 मार्च (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत वार्ड नम्बर सात आधारित सद्भावना सोसियल वेलफेयर सोसाईटी खरसाङले आफ्नो ४१औं स्थापना दिवस भव्यताका साथ राज राजेश्वरी हलमा मनाएको छ। कार्यक्रममा सचिव दिनेश लामाको स्वागत भाषणसॅंगै दिवंगत सदस्यहरूको सम्झनामा भिडियो प्रस्तुत गरेर एक मिनटको मौन धारण गरियो।

कार्यक्रममा ६० वर्षमाथिका मानिसहरूलाई सभासद श्याम शेर्पाको बाहुलीबाट सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो। सभासद श्याम शेर्पा सद्भावना सोसियल वेलफेयर सोसाईटीका संस्थापक सदस्य पनि हुन्। कार्यक्रममा समाजका सदस्यहरूद्वारा रंगारग कार्यक्रम साथै पर्यावरण र साफसफाईबारे जनचेतनामूलक नाटक एवं कविता प्रस्तुत गरियो।

सद्भावना सोसियल वेलफेयर सोसाईटीले विगतका दिनहरुमा विभिन्न प्रकारका सामाजिक कार्यहरू गर्दै आइरहेकाे छ। नारी दिवसको उपलक्ष्यमा सोही दिन समाजका नारीहरूको सम्मानमा केक पनि काटिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande