आईपीएल 2026: सीएसकेले दिल्लीलाई 23 रनले हरायो
आईपीएल 2026: सीएसकेले दिल्लीलाई 23 रनले हरायो


चेन्नई, 12 अप्रेल (हि.स.)। चेन्नई सुपर किङ्सले अन्ततः आईपीएल 2026 मा आफ्नो खाता खोलेको छ। चेन्नईले चेपाक स्टेडियममा दिल्ली क्यापिटल्सलाई 23 रनले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गऱ्यो। कप्तान रुतुराज गायकवाडका लागि पनि यो जित निकै विशेष थियो, किनकि उनले लगातार तीन हारपछि पहिलो सफलता पाएका थिए।

शुरुमा ब्याटिङ गर्दै चेन्नईले 20 ओभरमा 212 रनको विशाल स्कोर बनाएको थियो। टोलीका लागि सबैभन्दा ठुलो पारी सञ्जु स्यामसनको थियो, जसले 115 रन बनाए। उनीबाहेक युवा ब्याट्सम्यान आयुष म्हात्रेले 59 रन जोडे भने शिवम दुबेले द्रुत गतिमा 20 रन बनाएर टोलीलाई बलियो स्थितिमा पुर्याए।

212 रनको लक्ष्य पछ्याउँदै दिल्लीले राम्रो शुरुवात गऱ्यो। पथुम निसङ्काले 24 बलमा 41 रन बनाएर आक्रामकता देखाए र केएल राहुलसँग मिलेर पहिलो पाँचओभरमा 61 रन जोडे।

तर, चेन्नईका बलरहरूले उत्कृष्ट पुनरागमन गरे र केही रनभित्रै दिल्लीका चार विकेट लिएर खेलको दिशा परिवर्तन गरे। ट्रिस्टन स्टब्सले 60 रनको अर्धशतकीय पारी खेले, तर टोलीलाई जित दिलाउन सकेनन्।

बलिङमा जेमी ओभरटनले चार विकेट लिएका थिए भने अन्सुल कम्बोजले तिन विकेट लिए। ओभरटनको स्टब्सको मुख्य विकेट खेलको निर्णायक बिन्दु साबित भयो।

यस जितसँगै चेन्नईले अङ्क तालिकामा आफ्नो खातामा दुई महत्त्वपूर्ण अङ्क थपेको छ र प्रतियोगितामा आफ्नो पुनरागमनको सङ्केत दिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande