व्हाट्सएपमा दिइएको थियो अभिषेक र रूजिराको वाहन जाँच गर्ने निर्देश, तृणमूलले चुनाउ आयोग समक्ष गऱ्यो सिकायत
व्हाट्सएपमा दिइएको थियो अभिषेक र रूजिराको वाहन जाँच गर्ने निर्देश, तृणमूलले चुनाउ आयोग समक्ष गऱ्यो सिकायत


कोलकाता, 15 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 बीच तृणमूल कंग्रेसले चुनाउ आयोगमाथि गम्भीर आरोप लगाउँदै औपचारिक रूपमा सिकायत दर्ता गराएको छ। पार्टीले आरोप लगाएको छ, व्हाट्सएप ग्रुपको माध्यमबाट उसका नेता तता उनका परिवारहरूको वाहन जाँच गर्ने निर्देश जारी गरियो।

तृणमूल कंग्रेसले आयोगलाई सुम्पेको आफ्नो लिखित सिकायत पत्रमा दाबी गरेको छ, मुख्यमन्त्री ममता ब्यनर्जी बाहेक पार्टीका अन्य सबै नेताहरूको वाहन जाँच गराउन भनियो। यस कथित निर्देशमा लोकसभा सांसद तथा पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जी र उनकी पत्नी रूजिरा नारूला ब्यनर्जीको वाहनहरूको पनि जाँच गर्ने उल्लेख गरिएको छ।

गए मंगलवार तृणमूलले कथित व्हाट्सएप च्याटको स्क्रीनशट पनि सार्वजनिक गऱ्यो। पार्टीको भनाइ छ, आयोगलाई सन्देह लागेको छ कि अभिषेक ब्यनर्जीकी पत्नीको माध्यमबाट धनको लेनदेन हुने सम्भावना छ। यसै आधारमा यो निर्देश जारी गरिएको हो।

जारी स्क्रीनशट अनुसार कथित रूपमा आयोगले पुलिस र केन्द्रिय सशस्त्र बलहरूलाई निर्देश दिएको छ कि उनीहरूले पर्यवेक्षकहरूसित मिलेर ‘सरप्राइज जाँच’ गरुन् अनि दिनभरि विभिन्न चेक पोइन्ट्समा तृणमूल नेताहरूको वाहनहरूको जाँच गरुन्। साथै यी जाँच अभियानहरूको निगरानी कन्ट्रोल रूमबाट गरियोस्।

तृणमूलको आरोप छ, चुनाउको मुखैमा यस किसिमको निर्देश दिएर उसका नेता, मन्त्री तथा उनीहूको परिवारहरूलाई लक्षित गरिँदैछ। पार्टीले यो पनि भन्यो, उसको जनसम्पर्क तथा प्रचार कार्यक्रमहरूलाई बाधित गर्ने प्रयास गरिँदैछ।

तथापि पार्टीद्वारा जारी स्क्रीनशटलाई लिएर केही प्रश्न पनि उठेको छ। स्क्रीनशटमा अभिषेकको नाम दुई भिन्न अंग्रेजी हिज्जेमा लेखिएको छ साथै कुनै पद वा पहिचान स्पष्ट रूपमा उल्लेख गरिएको छैन। यहाँसम्म कि उनकी पत्नीको नाम पनि स्पष्ट रूपमा दर्ता छैन जसबाट यसको प्रामाणिकतामाथि शंका लाग्नु स्वभाविक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande