
गुवाहाटी, 20 अप्रेल (हि.स.)। गुवाहाटी शहरमा 19 र 20 अप्रेलबीचको राति आएको मुसलधारे पानीले गर्दा सृजित कृत्रिम बाढ़ीको स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सोमवार सबै शैक्षणिक संस्थानहरूलाई बन्द राख्ने आदेश जारी गरेको छ।
जिल्ला आयुक्त एवं जिल्ला आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए), कामरूप (मेट्रो)- का अध्यक्ष स्वप्नील पाल, आईएएसद्वारा जारी आदेश अनुसार गुवाहाटी नगरनिगम (जीएमसी) क्षेत्र अन्तर्गत पर्ने सबै सरकारी एवं निजी शैक्षणिक संस्थानहरू आगामी 20 अप्रेलसम्म बन्द रहनेछन्। यो निर्णय विद्यार्थी अनि कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै जनहितमा लिइएको हो।
सो आदेश आपदा प्रबन्धन अधिनियम, 2005- को धारा 30(2) अन्तर्गत जारी गरिएको हो जसान्तर्गत आपतकालीन स्थितिमा आवश्यक कदम उठाउने प्रावधान छ।
यस सम्बन्धमा असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए), उच्च शिक्षा एवं माध्यमिक शिक्षा निदेशालय सहित सम्बन्धित अधिकारीहरूलाई आवश्यक कारबाहीको लागि सूचित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा