बलजफ्ती बिहेको विरोध बन्यो हिंसक, युवकले गऱ्यो काकीको हत्या
बलजफ्ती बिहेको विरोध बन्यो हिंसक, युवकले गऱ्यो काकीको हत्या


सीवान, 20 अप्रेल (हि.स.)। सीवान जिल्लाको जीबी नगर थाना क्षेत्र अन्तर्गत ओलीपुर गाउँमा आइतवार राति बलजफ्ती बिहेको प्रयासले भयानक मोड लियो। बिहेबाट रिसाएको एक युवकले आफ्नी काकीलाई धारिलो हतियारले आक्रमण गरी उनको हत्या गऱ्यो भने परिवारका अन्य सात जनालाई गम्भीर घाइते बनायो। घटनापछि ती युवकले आफैलाई पनि घाइते बनायो।

मृतक महिलाको पहिचान जामो बजार थाना क्षेत्र अन्तर्गत विष्णुपुरा गाउँका अजय सिंहकी पत्नी फुलमती देवीको रूपमा गरिएको छ। यस हमलामा सिकन्दर कुमार, अभिषेक कुमार, नागेन्द्र सिंह, अञ्जली कुमारी, सन्ध्या कुमारी, दीपक कुमार, योगेन्द्र शर्मा र शोभा देवी गम्भीर घाइते भएका छन्। घाइते सबैलाई उपचारको लागि सदर अस्पतालमा भर्ती गरिएको छ।

आरोपी दीपक कुमार राज्य बाहिर काम गर्ने गरेको र त्यहाँ एक केटीसँग प्रेममा परेको खबर आएको छ। परिवारले उसको इच्छा विरुद्ध गाउँमा उनको विवाहको आयोजना गर्योक र कुनै बहानामा उलाई घर बोलायो। गाउँ पुगेपछि दीपकले मंगलवार हुने विवाह र तिलक समारोहको बारेमा थाहा पाऱ्यो र खुबै रिसायो।

यही रिसमा उसले अबेर राति परिवारका सदस्यहरूमाथि आक्रमण गर्दै यो भयानक कदम चाल्यो। घटनाले क्षेत्रमा कोकोहोलो मच्चाएको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ र सम्पूर्ण घटनाको बारेमा सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande