
कोलकाता, 20 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको लागि चुनाउ आयोगले सुरक्षा व्यवस्था सम्बन्धि अभूतपूर्व फसेला लिँदै राज्यका ‘अत्यन्त संवेदनशील’ बूथहरूमा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)-लाई मात्र तैनाथ गर्ने निर्देश दिएको छ। आयोगले पहिलो पटक सामान्य, संवेदनशील, अति संवेदनशील औ क्रिटिकल श्रेणीहरू अतिरिक्त एउटा नयाँ श्रेणी ‘अत्यन्त संवेदनशील’ बूथहरूको बनाएको छ।
आयोगको निर्देश अनुसार यी बूथहरूमा स्थानीयी पुलिससित सीआरपीएफ जवानहरू मात्र तैनाथ रहनेछन्। सीमा सुरक्षा बल, भारत-तिब्बत सीमा पुलिस, सशस्त्र सीमा बल वा केन्द्रिय औद्योगिक सुरक्षा बलका जवानहरूलाई यहाँ तैनाथ गरिने छैन।
राज्यका अतिरिक्त मुख्य निर्वाचन अधिकारीले गत 18 अप्रेलको दिन यस सम्बन्धमा पश्चिम बंगाल पुलिस, सीआरपीएफका समन्वय अधिकारीगम तथा सबै जिल्ला निर्वाचन अधिकारीहरूलाई पत्र पठाएको छ। अनुभवी पुलिस र केन्द्रिय बलका अधिकारीहरू अनुसार यस प्रकारको निर्देश पहिला कहिल्यै दिइएको थिएन।
चुनाउ आयोगले आफ्नो आदेशमा भनेको छ, सीआरपीएफलाई देशभरिका विभिन्न कानून-व्यवस्थाको स्थितिसित सामना गर्ने व्यापक अनुभव छ। साम्प्रदायिक तनाउ, संवेदनशील अवस्था औ निष्पक्ष मतदान सुनिश्चित गर्ने क्षमतालाई ध्यानमा राखेर नै यो निर्णय लिइएको हो।
आयोगले बतायो, ‘अत्यन्त संवेदनशील’ बूथहरूको पहिचान विभिन्न गुप्तचर सूचनाहरू तथा क्षेत्रीय मूल्यांकनको आधारमा गरिएको छ। कतिपय स्थानहरूमा केन्द्रिय बलहरूको विरोध, महिलाहरूको समूहद्वारा घेराउ तथा मतदाता सूचीबाट नाम हटाएकोमा विरोध प्रदर्शन आदिलाई केन्द्र गर्दै यो श्रेणी बनाइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा