
गान्तोक, 20 अप्रेल (हि.स.)। सिक्किममा साइबर ठगीका घटनाहरू रोकिने कुनै संकेत देखिँदैन। लगभग हरेक दिन नै साइबर ठगीका घटनाहरू प्रकाशमा आइरहेका छन्। गान्तोक जिल्लाको सिङताम निवासी एक व्यक्तिले साइबर ठगीको चपेटमा परेर लाखौं रूपियॉं गुमाएका छन्।
पुलिस रिपोर्टका अनुसार, पीडित व्यक्तिलाई एउटा अज्ञात मोबाइल नम्बरबाट कल आयो र मोबाइलमा पठाएको ओटीपी शेयर गर्न लगाइयो। कल गर्ने व्यक्तिमाथि विश्वास गर्दै र आफु अलि व्यस्त भएकाले उनले ओटीपी पठाइदिए। यसपछि, उनले गत 18 अप्रेल, 2026 का दिन विभिन्न आईएमपीएस लेनदेनमार्फत ब्याङ्क आफ्नो खाताबाट 6 लाख 50 हजार 80 रूपियॉं ट्रान्सफर गरेको थाहा पाए।
पीडित व्यक्ति ब्याङ्कमा गएर सोधपुछ गर्दा आफु ठगीको शिकार भएको स्पष्ट भयो। उनले एनसीआरपीको माध्यमद्वारा शिकायत दर्ता गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल