
खरसाङ, 20 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि निर्दलीय उम्मेदवार मोहन शर्माले आज खरसाङमा जेन्जी युवाहरुलाई लिएर सभा गरेका छन्। युवाहरुलाई रोजगार दिने वाचाका साथमा चुनावी मैदानमा उत्रिएका निर्दलीय उम्मेदवार मोहन शर्माको घोषणा पत्रलाई हेरेर खरसाङका केही युवाहरुले साथ दिएपछि खरसाङमा भेटघाट गरेको बताइएको छ।
युवाहरुले निर्दलीय उम्मेदवार मोहन शर्मालाई यसपालीको विधानसभा चुनाउमा साथ र सहयोग दिने घोषणा गरे। मोहन शर्माको युवाहरुप्रति रहेको भिजनका लागि युवाहरुले उनलाई जिताउने प्रतिबद्धता व्यक्त गरे। खरसाङमा युवाहरुसित भेटघाटपछि शर्माले पत्रकार सम्मेलनलाई पनि सम्बोधन गरे।
उनले आज खरसाङका युवाहरूसॅंग भेट भएको र युवाहरूले आफुलाई साथ दिने भएको जानकारी गराए। उनले भने, मेरो भिजनलाई मन पराएर धेरै अघि आइरहेका छन् र सहयोग गरिरहेका छन्। धेरैजना अघि आउन नसके पनि भित्रभित्रै साथ दिने र भोट दिने वाचा पनि गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक