खरसाङमा भागोप्रमोको टर्च लाइट ऱ्याली
Amar lama rally


- पहाडलाई शान्तिको दिशामा लिएर जाने अनित थापा हुन्: सुवास प्रधान

खरसाङ, 20 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले सोमवार साँझ खरसाङ बजारमा टर्च लाइट ऱ्यालीको आयोजना गरेको छ। उक्त टर्च लाइट ऱ्याली खरसाङको टुरिस्ट लजदेखि शुरु भएर खरसाङ बजार, वर्द्धमान रोड हुॅंदै मोटर स्ट्याण्ड पुगेर समाप्त भयो। ऱ्याली खरसाङ विधानसभा समष्टिको लागि पार्टीका उम्मेदवार अमर लामा, जीटीएका भाइस चेयरम्यान राजेस चौहान, सभासद श्याम शेर्पा आदि पनि सामेल थिए।

ऱ्यालीमा भागोप्रमो कार्यकर्ताहरूले टर्च लाइट बोकेका थिए। उनीहरूले अमर लामालाई जिताउन आह्वान् गरे। ऱ्याली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो केन्द्रिय उपाध्यक्ष एवं खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले यो ऱ्याली अँध्यारोमा उज्यालोको सन्देश हो भनी बताए। उनले पहाडलाई शान्तिको दिशामा लिएर जाने अनित थापा हुन् र यही शान्तिका कारण आज पहाडवासी यसरी नाच्दै, गाउँदै चुनाउको प्रचार गर्न पाइरहेको जनाए। प्रधानले यसपल्ट खरसाङमा अमर लामाले एक सय एक प्रतिशत जित्नेछन् भनी दावी गर्दै यसको प्रत्यक्ष प्रमाण नामाङ्कनको समयमा उपस्थित समर्थकहरूको भीड रहेको बताए।

उनले मंगलबार खरसाङमा भागोप्रमोको एउटा विराट ऱ्याली हुने अनि त्यसपछि यहाँको मोटर स्ट्याण्डमा चुनावी जनसभा हुने बताए। जनसभालाई पार्टी अध्यक्ष अनित थापा अनि प्रार्थी अमर लामाले सम्बोधन गर्नेछन्। उनले ऱ्याली अनि सभामा पार्टीका सबै समर्थकहरूलाई उपस्थित भइदिने आग्रह पनि गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande