अमर लामाको पक्षमा 28 नम्बर समष्टिमा चुनावी सभा सम्पन्न
Amar lama


खरसाङ, 20 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा उम्मेदवार अमर लामाको पक्षमा आज 28 नम्बर चिम्नी देउराली समष्टिको तीन माइलस्थित सार्वजनिक भवनमा एक चुनावी सभा सम्पन्न गरियो। उक्त चुनावी सभाको अध्यक्षता पूर्व डीएफओ जेबी छेत्रीले गरेका थिए भने उम्मेदवार लामा स्वयं उपस्थित थिए।

सभालाई किरण लेप्चा, बलराम छेत्री, विधान गुरुङ, विद्यार्थी महासंघबाट दिपराज छेत्री, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, क्षेत्रीय सभासद श्याम शेर्पा, उम्मेद्वार अमर लामा र सभाध्यक्ष जेबी छेत्रीले सम्बोधन गरेका थिए। यस चुनावी सभामा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टि नारी शक्तिकी सभापति सुष्मा मुखिया, जैतुन निशा खातुन लगायत अन्यहरु उपस्थित रहेका थिए।

उम्मेदवार लामाले आफ्नो सम्बोधनमा महिला आरक्षण बिल र सीमांकन बिलमा भाजपा सरकारले हार बेहोर्नु परेको बताउँदै महिला आरक्षणको लागि मोदीभन्दा ममता राम्रो रहेको दाबी गरे। उनले यसपाली भाजपा सरकारले एसआईआर गरेर मतदाता सूचीबाट धेरै महिलाहरुको नाम काटेको आरोप लगाउॅंदै महिलाहरुले ममता ब्यानर्जीलाई धेरै माया गर्छन् भनेर यस्तो गरेको दाबी गरे।

उनले भने, हामीलाई भाजपाले प्राथमिकता दिँदैन। केवल आश्वासन मात्र दिन्छ। भाजपालौ केवल ढाट्ने काम गरेको छ। हामी भोटको लागि मात्र जनता समक्ष जाँदैनौ, सदैव हामी जनताको समस्या समाधान गर्नलाई ग्राउण्ड जिरोमा पुगेका छौँ। लामाले अघि भने, परिवर्तन त अनिता थापाले ल्याइसकेका छन्। भागोप्रमोले पहाडको पुरानो गरिमा फर्काएर ल्याउने वाचा गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande