
इम्फाल, 20 अप्रेल (हि.स.)। मणिपुर पुलिसले इम्फाल पश्चिम जिल्लामा गत 18 अप्रेलको दिन आयोजित एक विरोध ऱ्याली अवधि भएको हिंसक घटनाको सन्दर्भमा 21 जना मानिसहरूलाई पक्राउ गरेको छ। यो ऱ्याली पटसोईदेखि सगोलबंदसम्म, इम्फाल-जिरीबाम सड़कमा निकालिएको थियो जसले पछि हिंसक रूप धारण गऱ्यो।
पुलिस अनुसार प्रदर्शनकारीहरूले सुरक्षा बलहरूमाथि ढुङ्गामुड़ा गरे, पेट्रोल बम फाले तथा गुलेलीले प्रहार गरे। यस अवधि केही सरकारी वाहनहरूमाथि पनि तोड़फोड़ गरियो। यस घटनामा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- को 232औं बटालियनका तीनजना जवान गम्भीर रूपमा घाइते भए। पछि सुरक्षा बलहरूले कारबाही गरेर भीड़लाई तितर-बितर बनाएर स्थितिलाई नियन्त्रण गरे।
पक्रा पर्ने मानिसहरूमा क्रमैले सञ्जीव (36), ताखेलचांगबम बोनान्जा (28), राहुल क्षेत्रमयुम (27), थोंगबाम रोजर (39), गुरुमायुम म्याक्स शर्मा (26), लामजिंगबा अयेकपम (29), मुतुम मुरारी (37), मोइरांगथेम जेम्स (28), ओइनम माइकल (36), कोइजम कर्णजित मैतेई (23), लम्बामायुम रिंगो (29), युरिश वेयनबाम (35), हुइरेम सोमोरजित सिंह (25), खोइसनाम नाओबा सिंह (32), निकेश लैशराम (23), चिंगखम रञ्जन (28), सिरम विकास (21), कांगजम चिंगखेइंगनबा (24), खुराइजम दीपक सिंह (34), वाहेंगबाम नरेन सिंह (34) औ अनाओबा क्षेत्रिमायुम (18) सामेल छन्।
यस अतिरिक्त पुलिसले अरमबाई तेंगगोल नामक संगठनका सदस्य टेंसुबम लामयानबा मैतेई (23)-लाई पनि पक्राउ गरेको छ जसमाथि सोशल मीडियामा भड़्काउपूर्ण तथा हिंसालाई उकास्ने किसिमको सामग्री पोस्ट गरेको आरोप छ।
पुलिस मुताविक, “मैतेई नोंग्सा लामयानबा” नामक फेसबुक अकाउन्टबाट धम्कीतथाहिंसाकोलागिउक्साउने जस्तो पोस्ट साझा गरिँदैथ्यो जसबाट कानून-व्यवस्थाको लागि गम्भीर खतरा उत्पन्न भइरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा