
नगाउँ (असम), 20 अप्रेल (हि.स.)। जिल्लाको रूपहीहाटमा सोमवार ग्रामीणहरूले लखेटेर तीनजना कथित गाई चोरहरूलाई समाते भने यिनीहरूका दुईजना साथी भाग्न सफल भए।
प्राप्त जानकारी अनुसार आरोपीहरूले चोरेका गाईहरूलाई वाहनमा लोड गर्ने प्रयास गरिरहेका थिए। यसैबेला स्थानीय मानिसहरूले उनीहरूलाई समाते। घटनापछि क्षेत्रको स्थिति तनाउपूर्ण भयो।
आक्रोशित ग्रामीणहरूले कथित रूपमा गाई चोर्नको लागि उपयोग गरिएका वाहनहरूलाई क्षतिग्रस्त बनाइदिए। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर मामिलाको जाँच शुरू गरे। भगौड़ा आरोपीहरूको खोजी भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा