
कोलकाता, 20 अप्रेल (हि. स.)। राज्य भाजपाको सल्ट लेकस्थित कार्यालयमा सोमवार आयोजित एक प्रेस कन्फ्रेन्समा पश्चिम बंगाल भाजपाका प्रदेश अध्यक्ष औ राज्यसभा सांसद शमिक भट्टचार्यले भने, देश-विदेशमा फैलिएका बंगाली डायस्पोरा (प्रवासी समुदाय) को पश्चिम बंगालसित भावनात्मक सम्बन्ध छ र उनीहरू पनि राज्यमा परिवर्तन चाहन्छन्। यस अवसरमा ती प्रवासी बंगालीहरू पनि उपस्थित थिए जसले परिवर्तनको आशा गरिरहेका छन्।
आफ्नो सम्बोधनको शुरुआतमा शमिक भट्टचार्यले भने, विश्वभरि नै फैलिएका बंगाली समुदायको बंगालसित गहिरो सम्बन्ध छ। उनीहरू राज्यमा निवेश भएको हेर्न चाहन्छन् साथै यहाँको वर्तमान स्थितिमा परिवर्तन भएको हेर्न चाहन्छन्। उनले भने, यस चुनाउमा प्रवासी बंगालीहरू प्रत्यक्ष एवं परोक्ष रूपमा जोड़िएका छन्। प्रेस कन्फ्रेन्समा ओभरसिज फ्रेण्ड्स अफ भाजपाका सचिव युधाजित सेन मजुमदार पनि उपस्थित थिए।
युधाजित सेन मजुमदारले भने, यो चुनाउ एउटा सामान्य चुनाउ होइन। पछिल्लो 34 वर्ष अनि त्यसपछिको 15 वर्षमा पश्चिम बंगालमा आएको ह्रासलाई ध्यानमा राख्दै यदि यसपालि पनि परिवर्तन भएन भने राज्यसित फर्किने कुनै सम्भावना रहनेछैन। उनले भने, पश्चिम बंगाल अहिलेघरि एक निर्णायक मोड़मा उभिएको छ। विश्वभरि फैलिएका राष्ट्रवादी बंगालीहरूले परिवर्तनको अपेक्षा गरिरहेका छन्।
उनले भने, यदि पश्चिम बंगाल आफ्नो वास्तविक स्वरूपमा नरहे बंगालीहरूको पहिचान पनि संकटमा पर्नसक्छ। विश्वभरि बसोबास गर्दै आइरहेका बंगालीहरूले देखे कि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय पासपोर्ट वैश्विक स्तरमा नयाँ उचाईँमा पुगे पनि बंगालको वर्तमान स्थिति भने चिन्ताजनकै छ। उनले बल दिएर भने, केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको भाजपा सरकार जस्तै पश्चिम बंगालमा पनि बन्नुपर्छ।
आफ्नो वक्तव्यको अन्तमा युधाजित सेन मजुमदारले भने, दुनियाँभरि बसोबास गर्दै आइरहेका बंगालीहरू पश्चिम बंगालमा निवेश गर्न चाहन्छन्, व्यापार गर्न चाहन्छन् तथा कृत्रिम बुद्धिमत्ता जस्तो आधुनिक क्षेत्रमा काम गर्न चाहन्छन्, तर राज्यमा नयाँ सरकार गठन नहुञ्जेल उनीहरूले भरोसा गर्न सकिरहेका छैनन्। त्यसैले राज्यमा परिवर्तन अवश्यम्भावी भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा