
दार्जिलिङ, 20 अप्रेल (हि.स.)।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाको अगुवाईमा आज घुमदेखि दार्जिलिङसम्म विचारको परिवर्तन यात्रा नामक यात्रा आयोजना गरियो। यस यात्रामा भारी संख्यामा पार्टी समर्थकहरुको सहभागिता रहेको थियो।
यसैगरी, दार्जिलिङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार बिजयकुमार राईले पनि दार्जिलिङको सिंहमारीदेखि मोटर स्ट्याण्डसम्म विचारको परिवर्तन यात्रा आयोजना गरेका थिए। दुवै नेताहरू आफ्ना समर्थकहरुलाई लिएर विचारको परिवर्तन यात्रा गर्दै मोटर स्ट्याण्ड आइपुगेका थिए। परिवर्तन यात्रा मोटर स्ट्याण्डमा आइपुगेर चुनावी जनसभामा परिणत भयो।
विचारको परिवर्तन यात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अध्यक्ष अनित थापाले 2017 देखि थालिएको यात्रामा अहिले कतिजना सहयात्रीहरु छन् भनेर हेर्नलाई यो यात्रा निकालिएको बताए। उनले भने, हामीमाथि मानिसहरुको आस्था र विश्वास बढेको छ। हामीले अझ राम्रो काम गर्नुपर्छ। सहयात्रीहरुलाई थफ जोश दिनलाई यो यात्रा आयोजना गरिएको हो। उनले यसपालीको चुनाउमा राम्रो परिणाम प्राप्त हुने आशा व्यक्त गरे।
थापाले अघि भने, 'मानिसहरुको जोश देख्दा 23 अप्रेल होइन आज नै भोट हाल्छु जस्तो छ। यसपाली म विस्वस्त छु कि पहाडका तीनवटै सिटहरु नै जित्नेछौं। मैले सोचेको र विश्वास गरेकोभन्दा बेसी मानिसहरु आइरहेका छन्।'
---------------
हिन्दुस्थान समाचार / हनोक