‘मीट द प्रेस’ कार्यक्रममा मोहम्मद सलिमले भने- भ्रष्टाचार र साम्प्रदायिकताविरूद्ध संघर्ष जारी रहनेछ
‘मीट द प्रेस’ कार्यक्रममा मोहम्मद सलिमले भने- भ्रष्टाचार र साम्प्रदायिकताविरूद्ध संघर्ष जारी रहनेछ


कोलकाता, 21 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि मंगलवार कोलकाता प्रेस क्लबमा आयोजित ‘मीट द प्रेस’ कार्यक्रममा मार्क्सवादी कम्युनिस्ट पार्टीका राज्य सचिव मोहम्मद सलिमले राज्य सरकार, केन्द्र सरकार, चुनाउ आयोग औ मीडियाको भूमिकामाथि चर्को हमला गरे। उनले राज्यको राजनीतिक, सामाजिक एवं आर्थिक स्थितिलाई लिएर केही महत्वपूर्ण टिप्पणी गरे।

आफ्नो सम्बोधनमा सलिमलले आरोप लगाए, राज्यमा “माफिया राज” चलिरहेको छ र राजनीतिक कार्यकर्ताहरूको हत्या भइरहेको छ, तर घटनाहरूलाई उचित महत्व दिरहेको छैन। उनले भने, पछिल्लो 15 वर्षमा भ्रष्टाचारले संस्थागत रूप लिसकेको छ भने विरोध गर्नेहरूमाथि झुटो मामिला दर्ता गरिँदैछ।

चुनाउ आयोगको भूमिकामाथि प्रश्न गर्दै सलिमले भने, आदर्श आचार संहिता लागू भए पनि कतिपय स्थानहरूमा हिंसात्मक घटनाहरू भइरहेका छन्, तर प्रभावकारी कारबाही भएको देखिएको छैन। उनले इस्लामपुरमा भएको एकजना वामपन्थी कार्यकर्ताको हत्याको उल्लेख गर्दै आयोग निष्क्रियता रहेको आरोप लगाए साथै भने, निष्पक्ष मतदाता सूची बनाउनमा पनि आयोग विफल रहेको छ जसले गर्ता वैध मतदाताहरूको नाम काटिएको सिकायत सामु आइरहेको छ।

केन्द्र सरकारलाई लक्षित गर्दै उनले भने, इतिहास र परम्पराको जानकारीको अभावमा केही भ्रामक बयान दिरहेको छ। नेताजी सुभाषचन्द्र बोसको सन्दर्भमा टिप्पणी गर्दै सलिमले भने, बंगालको सांस्कृतिक पहिचान भिन्नै छ भने नेताजी जस्ता व्यक्तित्व अद्वितीय हुन्।

मीडियाको भूमिकामाथि प्रश्न तेर्साउँदै उनले आरोप लगाए, केही समाचार माध्यमहरूको उपयोग दुष्प्रचार गर्नको लागि गरिँदैछ जसबाट साम्प्रदायिक विभाजन बढ़िरहेको छ। उनले राजनीतिक परामर्शदाता संस्था औ सरकारबीच निकटताको मुद्दा पनि उठाए।

महिला सुरक्षामाथि चिन्ता व्यक्त गर्दै उनले भने, आगामी चुनाउपूर्व उनको पार्टीले ब्लक स्तरदेखि राज्य स्तरसम्म विकासको लागि तीन चरणको घोषणा पत्र जारी गरेको छ। अफरिन बेगमको लोकप्रियतामाथि सोधिएको प्रश्नको जवाफमा सलिमले भने, उनले आफूलाई नयाँ पिँढ़ीको प्रतिनिधिको रूपमा पेश गरिरहेकी छन्। कुनै फिल्म जगत वा अन्य दलकी “राजनीतिक शरणार्थी” होइन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande