
गान्तोक, 21 अप्रेल (हि.स.)। भवन तथा आवास एवं मजदूर विभागका मन्त्री भीमहाङ लिम्बूले आज राजधानीको सोच्यागाङमा हेलेन लेप्चा मेडिकल कलेज र तादोङस्थित लुम्सेमा जन सेवा भवनको निरीक्षण भ्रमण गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी 27 अप्रेलमा हुने सिक्किम भ्रमणलाई ध्यानमा राख्दै गरिएको बताइएको छ।
मन्त्री लिम्बूले पहिले सोच्यागाङमा हेलेन लेप्चा मेडिकल कलेजको निरीक्षण भ्रमण गरेका थिए। त्यसपछि, उनी लुम्से पुगेर सचिवालय एनेक्सी जन सेवा भवन भ्रमण गरे। उनले भवनका प्रत्येक तल्लाको निरीक्षण गरे र निर्माणको क्रममा प्रयोग गरिएका सामग्रीहरूको जाँच गरे। उनले सम्बन्धित विभागीय अधिकारीहरू र ठेकेदारलाई निर्माणको लागि गुणस्तरीय सामग्री प्रयोग गर्न र तोकिएको समय भित्र काम सम्पन्न गर्न निर्देशन दिए।
यस क्रममा डीई परियोजनाले उक्त पूर्वाधारहरूको बारेमा मन्त्रीलाई संक्षिप्त रूपमा जानकारी गराएका थिए। भ्रमण अवधि भवन तथा आवास विभागका सचिव, मुख्य अभियन्ता, अतिरिक्त सीई, मुख्य वास्तुकार आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल