
गान्तोक, 21 अप्रेल (हि.स.)। गान्तोक जिल्लाको पेन्लोङ निवासी एक महिला साइबर ठगीको शिकार बनेकी छन्। पीडित महिलाको जानकारी बिना उनको ब्याङ्क खाताबाट लाखौं रूपियॉं निकालेको घटना प्रकाशमा आएको छ।
पुलिस रिपोर्टका अनुसार, 14 अप्रेल, 2026 का दिन महिलालाई सम्बन्धित ब्याङ्कबाट सन्देश प्राप्त भयो, जसमा उनको क्रेडिट कार्ड प्रयोग गरेर अन्तरराष्ट्रिय लेनदेन गरिएको जानकारी गराइएको थियो। त्यसपछि, उनी ब्याङ्क गइन् र ब्याङ्क प्रबन्धकसॅंग भेट गरिन्। महिलाले उनको अनुमति बिना उनको क्रेडिट कार्ड धेरै पटक प्रयोग गरिएको र कुल 9 लाख 4 हजार 714 रूपियॉं ब्याङ्क खाताबाट निकालेको थाहा पाइन्।
ब्याङ्क प्रबन्धकले उनलाई साइबर क्राइममा शिकायत दर्ता गराउन सुझाउ दिए। महिलाले पनि एनसीआरपी मार्फत शिकायत दर्ता गराएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल