गोजमुमो खरसाङ टाउन कमिटीकी सचिव शोभा छेत्री भागोप्रमोमा सामेल
गोजमुमो नेताहरू भारतीय गाेर्खा प्रजातान्त्रिक मोर्चामा सामेल


खरसाङ, 21 अप्रेल (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) खरसाङ टाउन कमिटीकी सचिव शोभा छेत्री र उनको समूह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) मा सामेल भएका छन्। उनले आज भागोप्रमोको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरेकी छन्।

शोभा छेत्री गोजमुमो की सक्रिय नेत्री हुन्। उनले 2007 सालदेखि नै पार्टीकी संस्थापक सदस्यका रूपमा राजनीतिक यात्रा शुरु गरेकी हुन्। उनले आफ्नो राजनीतिक जीवनको शुरुवात खरसाङ महकुमा शासक कार्यालयमा आमरण अनशनमा सहभागी भएर गरेकी थिइन्। उनले 2011 देखि 2016 सम्म खरसाङ नगरपालिकामा वार्ड पार्षदको दायित्व पनि सम्हालिन्। उनले 4 महिना जेल जीवन पनि बिताएकी थिइन्।

शोभा छेत्री भागोप्रमोमा भएपछि अनित थापाले भने, 'शोभा छेत्री र म एकसाथ राजनीतिमा छौं। मैले मेरो राजनीतिक मार्ग परिवर्तन गरे, तर उनी विमल दाज्युसँग नै रहिन्। पहाडको राजनीतिक परिवेश परिवर्तन भएको छ, राजनीतिक संस्कार अनि सोचमा परिवर्तन आएको छ। शोभाज्युले पनि बुझ्नुभयो अब पहाडमा झुक्याउने अनि छलको राजनीति टिक्दैन भनेर। अनित थापाको व्यावहारिक अनि रचनात्मक राजनीति नै पहाडको निम्ति हितकारी छ।

शोभा छेत्री आफ्नो समूहसँग फेरि एकपल्ट पहाडको निम्ति केही गर्नुपर्छ भन्ने सोच लिएर आज हामीसँग आबद्ध भएको बताउॅंदै सबैलाई पार्टीमा स्वागत गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande