
कोलकाता, 25 अप्रेल (हि.स.)। पश्चिम बङ्गालमा भइरहेको विधानसभा चुनाउ अवधि “गम्भीर कदाचार औ निष्पक्षतालाई कायम राख्नमा विफल भएको” आरोपमा चुनाउ आयोगले पाँचजना पुलिस अधिकारीहरूलाई अस्थायी रूपमा निलम्बन गरिदिएको छ। आयोगले यी अधिकारीहरूविरूद्ध विभागीय अनुशासनात्मक कारबाही गर्ने निर्देश पनि दिएको छ।
निलम्बित पुलिस अधिकारीहरूमा सन्दीप गराई (आईपीएस), अतिरिक्त पुलिस अधीक्षक (डायमण्ड हार्बर), सजल मण्डल, एसडीपीओ (डायमण्ड हार्बर), मौसम चक्रवर्ती, इन्स्पेक्टर-इन-चार्ज (डायमण्ड हार्बर थाना), अजय बाग, इन्स्पेक्टर-इन-चार्ज (फलता थाना) औ शुभेच्छा बाग, अफिसर-इन-चार्ज (उस्ती थाना) सामेल छन्।
चुनाउ आयोगले यो पनि भनेको छ, आईपीएस अधिकारी सन्दीप गराईको मामिलामा उनको क्याडर नियन्त्रक प्राधिकरण अर्थात केन्द्रीय गृह मन्त्रालयलाई एक विस्तृत रिपोर्ट पठाइनेछ।
यस अतिरिक्त चुनाउ जस्तो संवेदनशील समयमा आफू अधिनस्थ पुलिस अधिकारीहरूबीच अनुशासन र निष्पक्षता सुनिश्चित गर्नमा विफल रहेको कारण डायमण्ड हार्बर पुलस अधीक्षक ईशानी पाललाई पनि आयोगले कड़ा चेताउनी दिएको
छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा