
घाटाल, 26 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको घाटाल महकुमा अन्तर्गत दासपुर थाना क्षेत्रमा शनिवार अपरान्ह करेन्टको चपेटमा परी एकजना सेवानिवृत्त ब्याङ्क कर्मचारीको मृत्यु भयो। मृतकको पहिचान 72 वर्षीय हीरालाल राणाको रूपमा भएको छ।
जानकारी मुताविक हीरालाल राणा पहिला यूको ब्याङ्कको दासपुर शाखामा कार्यरत थिए। उनको घर दासपुर थाना अधिनस्थ कमलपुर ग्राम पञ्चायत क्षेत्रमा छ। शनिवार घरमा बिग्रिएको ट्यूब पम्पलाई बनाउने क्रममा तिनी अचानक करेन्टको चपेटमा परे। परिवारजनले तिनलाई तत्कालै अस्पतालमा पुऱ्याउने चेष्टा गरे पनि त्यस अगावै उनको मृत्यु भयो।
घटनापछि परिवार शोकमा डुबेको छ।
स्थानीय मानिसहरू अनुसार हीरालाल राणा सामाजिक औ राजनीतिक गतिविधिहरूमा पनि सक्रिय रहन्थे भने तिनलाई भाजपाको समर्थक कार्यकर्ताको रूपमा चिनिन्थ्यो। पुलिसले घटनाको सूचना पाएपछि मामिलाको जाँच कार्य शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा