
किशनगञ्ज, 25 अप्रेल (हि.स.)। मध्य प्रदेशको कटनी रेलवे स्टेशनमा बाल श्रमिकको लागि अवैध रूपमा लगिरहेका 162 जना बाल-बालिकाहरूलाई एक महत्वपूर्ण कारबाही गरेर मुक्त गराइयो। शनिवार कटनी जीआरपी र चाइल्ड हेल्पलाइनको संयुक्त टीमले शनिवार यी बाल-बालिकाहरूलाई किशनगञ्ज रेलवे स्टेशनमा सुरक्षित लिएर आयो जहाँ उनीहरूलाई उनीहरूको परिवार तथा सम्बन्दित जिल्लाको चाइल्ड हेल्पलााइनलाई सुम्पिइयो।
जानकारी अनुसार गत 10 अप्रेलको दिन पटनादेखि मुम्बई गइरहेको एउटा एक्सप्रेस ट्रेन कटनी स्टेशनमा रोकिँदा रेल पुलिस र चाइल्ड हेल्पलाइनको टीमलाई रेलभित्र ठूलो संख्यामा बाल-बालिकाहरू देखेर शङ्का लाग्यो। त्यसपछि टीमले ट्रेनमा चढ़ेर जाँच गऱ्यो। जाँचमा थाहा लाग्यो, यी नानीहरूलाई फकाई-फुस्लाई बाल श्रमको लागि मम्बई लगिँदैथ्यो। मामिलाको गम्भीरतलाई मध्यनजर गर्दै टीमले तत्काल कारबाही गरी 162 जना नानीहरूलाई सुरक्षित उद्धार गऱ्यो। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेपछि नानीहरूलाई उनीहरूको गृह जिल्ला किशनगञ्जमा लगियो। यस कारबाहीपछि बाल तस्करीको ठूलो नेटवर्क सक्रिय रहेको आशंका व्यक्त गरिंदैछ। प्रशासनद्वारा मामिलाको अग्रिम जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा