
खरसाङ, 25 अप्रेल (हि.स.)। विधानसभा चुनाउ सक्नसाथ लङ्भ्यू चियाबारीमा पीएफलाई लिएर फेरि आन्दोलन शुरू भएको छ। लङ्भ्यू चियाबारीका श्रमिकहरुले आजदेखि भोक हडताल शुरु गरेका छन्।
लङ्भ्यु कमान विषयमा 10 मार्च, 2026 को दिन भएको सम्झौता अनुसार मालिकले अहिलेसम्म 3 करोड़ 15 लाख पीएफको पैसा भुक्तान नगरेपछि श्रमिकहरुले भोक हडताल शुरु गरेका छन्। गत 22 अप्रेलमा मालिक अनि सरकार पक्षको दुईपक्षीय सभा सम्पन्न भएको थियो, तर अहिलेसम्म कुनै प्रकारको पहल भएको छैन। यतिका दिनसम्म न त सरकार, न नै मालिक पक्षबाट कुनै प्रकारको प्रतिक्रिया नआएको हिल प्लान्टेशन इम्प्लोइज युनियनले जनाएको छ। त्यसैले लङ्भ्यू चियाबारीमा आजदेखि युनियनको अगुवाईमा श्रमिकहरुले फेरि आन्दोलन शुरू गरेको बताइएको छ। यो आन्दोलन अब निरन्तर रहने पनि जनाइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक